गाउँ खाने कथा

👤 Asmita Bhandari

के तपाईँलाई नेपाली गाउँ खाने कथाहरू र पहेलिहरूको ज्ञान छ? यस क्विजमा सहभागी भएर आफ्नो बुद्धि र परम्परागत नेपाली पहेलिहरू बुझ्ने क्षमता परीक्षण गर्नुहोस्! यो ट्रिभियाले नेपाली लोकसंस्कृतिका रोचक र चुनौतीपूर्ण पहेलिहरू समेटेको छ जसले तपाईंलाई सोच्न बाध्य पार्नेछ। परिवार, साथीहरूसँग रमाइलो गर्ने वा आफ्नै ज्ञान सुधार्न यो ट्रिभिया उत्तम छ।अझै के पर्खनु? गाउँ खाने कथाको उत्तर दिएर आफ्नो नेपाली पहेली प्रतिभा साबित गर्नुहोस्!

Tap to reveal

काट्दा नमर्ने रोप्दा नसर्ने, के होला ?

कपाल

तीन भाईको बाह्र घर सबै पर्छन तिनकै भर, के होला?

घडी

जाडोमा प्यारो गर्मीमा घाँडो, निकै टाढा बस्नेको नाउँ भन्देऊ चाँडो ,के हो ?

सूर्य

कालोपछि सेतो आउँछ सेतोपछि कालो, सकिदैन यी दुईको आउने जाने पालो, के होला?

दिन र रात

उल्टो पढ सुल्टो पढ अर्थ एकै हुन्छ, पकाइ खाँदा मीठो हुन्छ, तिहुन त्यसको बन्छ, केहो?

रहर

रुखमा बस्छ चरा होइन, दुध दिन्छ गाई होइन, ३ वटा आँखा छ महादेव होइन, के होला त ?

नरिवल

सेतो बारीमा कालो तोरी, हातले छर्ने मुखले टिप्ने, के हो ?

कापीमा लेखेको र पढेको

हात्ती छ जंगल छैन, संसार डुल्छ खुट्टा छैन, के हो ?

नेपाली १००० को नोट

कानमा समाई नाकमा बस्छु, हेर्नु परे आँखै छोप्छु, के हो ?

चस्मा