नेपाली गाउँ खाने कथा
👤
Asmita Bhandari
अँध्यारोमा देखिन्छ, उज्यालोमा छैन, जति कोसिस गरेपनि टिप्न सकिदैन । के हो?
तारा
अगाडिको काट्दा खाने चिज हुन्छ, बीचको काट्दा सुन्ने अङ्ग बन्छ । के होला?
कानुन
अघिपछि जुँगे दाइ मुख खुम्च्याई बस्छ, जुँगा उसको तान्यो भने मुख खोली हाँस्छ । के होला ?
थैली
अघिल्लो एक अक्षरले ल अब जाऊ, पछिल्ला दुई अक्षरले खानेकुरा खाऊ, पूरै अक्षर मिले प्रख्यात देशको नाउँ । के हो ?
जापान
आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन । के हो ?
मजुरको प्वाँख
आउँछ, जान्छ, पर्खदैन, कहिल्यै फर्कदैन, कसैसँग थर्कदैन । के होला?
काल/समय
आकाशका तारा धर्तीमा आए, धर्तीमा आउँदा मौरी रमाए । के होला त ?
तोरी
आंकुडे- बांकुडे टांकुडे टाई, आँखा त टुलटुल मुन्टो त नाई । के हो?
गंगटो
कहिले हुन्छ कालो, कहिले हुन्छ रातो, रातो हुँदा नछुनु है लैजाला सातो । के होला?
आगो
खुट्टामा लगाए मान-सम्मान, टाउकामा लगाए अपमान । के होला त ?
जुत्ता